व्यवसायीलाई दुःख दिने सरकारको मनसाय छैन : गृहमन्त्री खाँण | Khabarhub Khabarhub

व्यवसायीलाई दुःख दिने सरकारको मनसाय छैन : गृहमन्त्री खाँण


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले स्वदेशी उद्योग र व्यवसाय प्रवर्द्धन, संरक्षण र आयआर्जनका लागि वातावरण निर्माण गर्न सरकार प्रयत्नशील रहेको बताएका छन्।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीसँग आज गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँणले उद्योग र व्यवसायको प्रवर्द्धन गर्न सकेमात्रै राज्यको राजस्व बढ्ने र बजेट बढाउनमा मद्दत मिल्ने बताए।

गृहमन्त्री खाँणले व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको पनि बताए। “व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधान गर्न सरकार तयार छ, ऐन कानुन अनुरुप हामीले समस्या समाधान गरेर सहज व्यवसाय गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ, व्यवसायीलाई दुःख दिने सरकारको मनसाय छैन”, गृहमन्त्री खाँणले भने, “आफ्ना समस्या समाधानमा व्यवसायी पनि प्रतिबद्ध रहनुपर्छ ।”

उद्योगी व्यवसायीले पनि राज्यले अवलम्बन गरेका नीति र बनाएका कानुनअनुरुप व्यवसाय सञ्चालन गरेर सरकारलाई सहयोग गर्नुपर्नेमा गृहमन्त्रीले जोड दिए। भेटमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध कुमार गुप्ताले वीरगञ्जमा उद्योगी व्यवसायीले भोग्नु परिरहेका समस्याबारे अवगत गराएका थिए ।

औषधिको मूल्य सात/आठ वर्षदेखि पुनरावलोकन नभएको, भन्सार र बोर्डर चुस्तदुरुस्त नभएको, बोर्डरमा सुरक्षा व्यवस्था कडा नभएको, आन्तरिक ओसारपसारमा सुरक्षाकर्मीले धेरै चासो दिएको बारे उद्योगी व्यवसायीले गुनासो गरेका थिए । जवाफमा गृहमन्त्री खाँणले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ४ : ५० बजे

सरकार जनताप्रति उत्तरदायी छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले

वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी

काठमाडौं – नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ

आजका समाचार : १ अर्ब ५१ करोड बिगोसहित रविविरुद्ध तीन मुद्दा, एमालेलाई सर्वोच्चको राहत, हारे पनि प्लेअफमा कर्णाली

एमालेलाई सर्वोच्चको राहत, मीनबहादुरको दाने जग्गामा कार्यालय बन्ने बाटो खुल्यो

रवि, छवि र जीबीसहित ५१ विरुद्ध तीन मुद्दा, कूल बिगो एक अर्ब ५१ करोड ४० लाख

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि

अर्थतन्त्रका सूचक सुधारोन्मुख : अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान