विवादमा ’के घर के डेरा’ « Khabarhub

विवादमा ’के घर के डेरा’


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली फिल्मका कलाकारहरुमा आफुले पाएको भूमिकालाई जीवन्त बनाउने कलाकार हुन्, दयाहाङ राई र विपिन कार्की । अझ यी दुई एकसाथ फिल्ममा आउने भएपछि चर्चा नबढ्ने कुरा नै भएन । सिंगे लामाको निर्माण तथा सुव्रत राज आचार्यको निर्देशनमा तयार हुने भन्दै २ बर्ष अगाडि फिल्म ‘के घर के डेरा’ को घोषणा भएको हो ।

फिल्मका टिमले गर्दा यो फिल्मबाट आशावादी हुने धेरै ठाउँ थिए । फिल्ममा दया र विपिनसँगै वर्षा राउत पनि रहने भएपछि राम्रै चर्चा भयो । यद्दपी फिल्म अब भने बन्ने या नबन्ने टुङ्गो छैन । कोरोना भाइरसको महामारीका कारण ढिलाई भएको फिल्मका निर्देशक सुव्रत आचार्यले हात झिकेसँगै फिल्म बन्नेमा अझैँ अन्यौलता बढेको हो ।

निर्देशक सुव्रतले केहि साता अगाडी मात्र चलचित्र विकास बोर्डमा आफु फिल्मसँग नरहेको लिखित रुपमै जानकारी गराइसकेका छन् । यद्दपी फिल्म बन्ने घोषणा हुने समयमा डिजिटल राइट्स वापत निर्माताले बुढासुब्बा डिजिटलबाट पेश्की लिएका थिए । फिल्म नबन्ने भएपछि बुढासुब्बाका संचालक नवराज गिरीले प्रहरीमा उजुरी दिएर आफ्नो हर्जाना लिने तयारीमा छन् । डिजिटल राइट्स दिने भन्दै फिल्म टिमले १० लाख रुपैयाँ पेश्की लगेको तर २ बर्षसम्म पनि फिल्म नबन्ने अवस्था आएपछि उनी प्रहरी गुहार्ने तयारीमा छन् ।

उनले आफु न्याय खोज्दै प्रहरीको जान लागेको बताए । ’कोभिड अगाडी घोषणा भएका फिल्महरुलाई डिजिटल राइट्स वापत पेश्की दिएका थियौँ ।अहिले ती फिल्महरु नबन्ने तयारीमा छन्, केहि त सम्पर्कमा समेत छैनन् । त्यसैले न्याय गुहार्दै प्रहरी समक्ष जाने तयारीमा छु’ बुढासुब्बाका संचालक नवराज गिरीले भने । उनले त्यस्ता फिल्म टिम ७/८ जना रहेको समेत खुलाए । ’म नाम सार्वजनिक गर्ने भन्दा पनि कानुनी उपाए मै अगाडी बढ्छु’ गिरीले भने ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ५ : २२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका