एउटै फिल्ममा सलमान र शाहरुख ? « Khabarhub

एउटै फिल्ममा सलमान र शाहरुख ?


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– बलिउडमा दुई खान शाहरुख र सलमानको चर्चा निकै हुने गर्छ । जब यी दुई कुनै इभेन्टका लागि सँगै हुन्छन्, परिचर्चा नै सुरु हुन्छ ।

पछिल्लो समय सलमानले शाहरुखलाई सहयोग गरिरहेका छन् । कुनै समयमा कट्रिना कैफको जन्मोत्सव मनाउने क्रममा दुश्मनी साधेका यिनले पछिल्लो समय स्ट्रगल समयको मित्रतालाई अपनाइसकेका छन् ।

यी दुईले ‘करण अर्जुन’ र हम तुम्हारे है सनम जस्ता फिल्ममा सँगै काम गरेका थिए । सन् २००२ मा सँगै देखिएको सलमान र शाहरुखको जोडीलाई दर्शकले देख्न नपाएको झन्डै दुई दशक भइसकेको छ ।

केही समय अगाडि सलमानको नजिकका निर्देशक अलि अब्बास जफरले अन्तर्वार्ताका क्रममा यी दुई स्क्रिन शेयर गर्न तयार रहेको बताएका थिए ।

उनले स्क्रिप्ट भए सलमान र शाहरुखले अभिनय गर्ने बताएका थिए । सलमान र शाहरुखलाई एकअर्काको फिल्ममा सँगै लिएर आउँदैछ, यशराज फिल्मस् ।

सलमानले पठान र शाहरुखले टाइगर ३ मा केमियो गरेका छन् । यी दुई नै यशराज फिल्मस्को ’स्पाइ युनिभर्स’ को सदस्य भएपछि आउँदा दिनहरूमा राम्रो स्क्रिन टाइम लिएर अभिनय गर्ने सम्भावना भने बढेको छ ।

दुवैको स्टारडमलाई सुहाउने स्क्रिप्ट र स्क्रिन टाइम भएमा यशराजले नै सँगै ल्याउने सम्भावना बढेको हो ।

सलमान र शाहरुखले पछिल्लो समय ट्युबलाइट, जिरो जस्ता फिल्ममा केमियो गरेका छन् । पठान र टाइगर ३ मा यी दुईको एक्सन अवतारको केमियोको पर्खाइमा दर्शक छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ५ : १७ बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो