रुपन्देहीको तिलोत्तमा नगरले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र « Khabarhub

रुपन्देहीको तिलोत्तमा नगरले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको छ । मुलुककै पहिलो नगरपालिकाका रूपमा तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगर बनेको हो ।

तिलोत्तमा नगरपालिकाले आफ्नो कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पूरा गरी युनाइटेड एप्लिकेशन फाउण्डेशन अमेरिकाद्वारा अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरेको हो ।
यो देशभरकै नगरपालिकाहरूमा पहिलो भएको नगरपालिकाको दाबी छ ।

मंगलबार भएको समारोहमा आईएसओे सर्टिफिकेशन नेपालका म्यानेजर सुदिप शर्माले नगरप्रमुख वासुदेव घिमिरेलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

त्यस अवसरमा आईएसओे सर्टिफाइड नेपालका म्यानेजर शर्माले गुणस्तर मापदण्ड पूरा गरी नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा गरिएको अनुगमनबाट प्रमाणपत्र प्रदान गरिएको बताए ।

समारोहमा नगर प्रमुख घिमिरेले सिंगो नगरवासी, जनप्रतिनिधि र कर्मचारीको मेहनत र परिश्रमले नगरपालिकाले यो सफलता हासिल गरेको बताए ।

नगरप्रमुख घिमिरेले नगरपालिकाले विभिन्न मापदण्डमा रहेका सूचक पूरा गर्ने लक्ष्यसहित अघि बढेर समयमै कार्य सम्पन्न गरी देशमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको बताए ।

उनले तीन वर्षसम्म म्याद रहने यो गुणस्तरलाई दिगोपन दिन सबै कर्मचारी जनप्रतिनिधि तथा नगरवासीहरूले समेत यसको गरिमा बचाई राख्नुपर्ने बताए ।

कार्यक्रममामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवीलगायत सहभागी थिए ।

नगरपालिकाले आईएसओ प्रमाणीकरणका लागि आवश्यक ३० सूचकमध्ये २४ वटामा उत्तीर्ण भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ५ : ४९ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट