हेल्लो जिन्दगीको ’अनौठो माया’ सार्वजनिक « Khabarhub

हेल्लो जिन्दगीको ’अनौठो माया’ सार्वजनिक


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘हेल्लो जिन्दगी’ गीत सार्वजनिक भएको छ। ’अनौठो माया’ बोलको सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु विक्रम जोशी र दीपिका प्रसाईं फिचर्ड छन् । बेलायतको रमणीय दृश्यहरुमा छायांकन गरिएको गीतमा एड्रिन प्रधान र रेजिना रिमालको स्वर रहेको छ ।

गीतमा निर्देशक एभरेष्ट सुर्य बोहोराको शब्द रहेको छ भने संगीत अमित श्रेष्ठले दिएका छन् । गीतको निर्देशन विष्णु देवाले गरेका छन् । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म युनिटले गीत सार्वजनिक गरेको हो । चैत्र १८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा ‘मर्डर मिस्ट्री’ सँगै बदला र मित्रताको कथा देखाइएको छ । फिल्मको बारेमा बोल्दै अभिनेता जोशीले यसमा फरक कथा देख्न पाउने बताए । हामीले केहि नयाँ कथा दर्शक समक्ष ल्याउने तयारी गरेका हौँ । फिल्मले निराश बनाउँदैन’ अभिनेता जोशीले भने ।

कार्यक्रममा बोल्दै निर्मात्री सृजना जोशीले फिल्म निर्माणमा कुनै सम्झौता नगरिएको बताइन् । ’हामीले राम्रो फिल्म बनाउन कुनै सम्झौता गरेनौं । तर, एक्ट्रेसबाट हामीले सहयोग पाएनौं । हामी नेपाली फिल्मको स्तरीयता बढाउन आएका हौँ’ उनले भनिन् । सृजना झैँ फिल्मका निर्देशक एभेरेष्ट सुर्य बोहोराले आफ्नो ड्रिम प्रोजेक्ट भएको बताए ।

’मैंले यो कथामा फिल्म बनाउने तयारी सन् २०१२ मा गरेको थिएँ । मुहुर्त पनि गरेको थिएँ । यद्दपी विविध कारणले फिल्म बन्न सकेन’ निर्देशक बोहोराले भने । फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् ।

बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेज मार्फत डेब्यु गरेका थिए । त्रिकोणत्मक प्रेम कथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय रहेको छ । नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सुर्य बोहराले निर्देशन गरेका छन् । फिल्ममा विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय पनि रहेको छ ।

हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छिन् । निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथासँगै सम्वादमा रहेको छ ।

फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको छ भने प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको पाश्र्वगायन छ । यसमा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्वन्द निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।

embed code :-

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ८ : ०२ बजे

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन