राष्ट्र बैंकबाट पुनरकर्जा कार्यविधि संशोधन, अब २० करोडसम्म पुनरकर्जा लिन सकिने « Khabarhub

राष्ट्र बैंकबाट पुनरकर्जा कार्यविधि संशोधन, अब २० करोडसम्म पुनरकर्जा लिन सकिने


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १५ लाखदेखि २० करोड रुपैयाँसम्म पुनरकर्जा लिन पाउने व्यवस्था गरेको छ ।

बैंकले पुनरकर्जा कार्यविधि संशोधन गर्दै ग्राहकले न्यूनतम दुईदेखि सात प्रतिशतसम्म ब्याजमा १५ लाखदेखि २० करोड रुपैयाँसम्म पुनरकर्जा पाउन सक्ने व्यवस्था गरेको हो ।

पुनरकर्जा कार्यविधि २०७७ लाई संशोधन गरिएको र नयाँ व्यवस्थाअनुसार पुनरकर्जा उपलब्ध गराउन राष्ट्र बैंकले अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र पनि गरेको छ ।

नयाँ प्रावधानअनुसार कर्जा सुविधाका लागि ग्राहकहरूले लघु घरेलु तथा साना, विशेष र साधारण पुनरकर्जा पाउन योग्य हुनुपर्ने छ ।

बैंकले कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिँदै प्रदान गर्ने पुनरकर्जालाई विशेष पुनरकर्जा भनिएको छ ।

लघु घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि बैंकले लिने ब्याजदर चार प्रतिशत तोकिएको छ । त्यस्तै, अनुमति प्राप्त बैंक तथा फाइनान्स कम्पनीले ग्राहकसँग लिने ब्याजदर सात प्रतिशत कायम गरिएको छ ।

साथै, विशेष पुनरकर्जामा राष्ट्र बैंकले लिने व्याजदर दुई प्रतिशत तोकिएको छ भने ग्राहकबाट लिने व्याजदर पाँच प्रतिशत तोकिएको छ ।

त्यसैगरी, साधारण पुनरकर्जामा राष्ट्र बैंकले लिने व्याजदर पाँच प्रतिशत, बैंक तथा फाईनान्स कम्पनीले ग्राहकसँग लिने ब्याजदर सात प्रतिशत कायम गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १० : ११ बजे

जनकपुरधामका १२ होटललाई स्तरोन्नतिको प्रमाणपत्र

जनकपुरधाम– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले तोकेको मापदण्ड

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दिपा दाहाल नियुक्त

रातो मच्छिन्द्रनाथलाई महास्नान गराइयो

काठमाडौं– वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके