राष्ट्र बैंकबाट पुनरकर्जा कार्यविधि संशोधन, अब २० करोडसम्म पुनरकर्जा लिन सकिने « Khabarhub

राष्ट्र बैंकबाट पुनरकर्जा कार्यविधि संशोधन, अब २० करोडसम्म पुनरकर्जा लिन सकिने


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १५ लाखदेखि २० करोड रुपैयाँसम्म पुनरकर्जा लिन पाउने व्यवस्था गरेको छ ।

बैंकले पुनरकर्जा कार्यविधि संशोधन गर्दै ग्राहकले न्यूनतम दुईदेखि सात प्रतिशतसम्म ब्याजमा १५ लाखदेखि २० करोड रुपैयाँसम्म पुनरकर्जा पाउन सक्ने व्यवस्था गरेको हो ।

पुनरकर्जा कार्यविधि २०७७ लाई संशोधन गरिएको र नयाँ व्यवस्थाअनुसार पुनरकर्जा उपलब्ध गराउन राष्ट्र बैंकले अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र पनि गरेको छ ।

नयाँ प्रावधानअनुसार कर्जा सुविधाका लागि ग्राहकहरूले लघु घरेलु तथा साना, विशेष र साधारण पुनरकर्जा पाउन योग्य हुनुपर्ने छ ।

बैंकले कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिँदै प्रदान गर्ने पुनरकर्जालाई विशेष पुनरकर्जा भनिएको छ ।

लघु घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि बैंकले लिने ब्याजदर चार प्रतिशत तोकिएको छ । त्यस्तै, अनुमति प्राप्त बैंक तथा फाइनान्स कम्पनीले ग्राहकसँग लिने ब्याजदर सात प्रतिशत कायम गरिएको छ ।

साथै, विशेष पुनरकर्जामा राष्ट्र बैंकले लिने व्याजदर दुई प्रतिशत तोकिएको छ भने ग्राहकबाट लिने व्याजदर पाँच प्रतिशत तोकिएको छ ।

त्यसैगरी, साधारण पुनरकर्जामा राष्ट्र बैंकले लिने व्याजदर पाँच प्रतिशत, बैंक तथा फाईनान्स कम्पनीले ग्राहकसँग लिने ब्याजदर सात प्रतिशत कायम गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १० : ११ बजे

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका