योग प्रशिक्षक खड्काले बनाए विश्व कीर्तिमान  « Khabarhub

योग प्रशिक्षक खड्काले बनाए विश्व कीर्तिमान 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली योग प्रशिक्षक विक्रम खड्काले तीन घण्टा ५० मिनेटसम्म वृक्षासन (ट्रि पोज) मा बसेर विश्व कीर्तिमान बनाएका छन् ।

लायन्स क्लब अफ काठमाडौँ च्याम्पिएनले बिहीबार गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खीलराज रेग्मीले उनलाई विश्व रेकर्ड प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

‘गिनिज बुक अफ वर्ल्डले केही हप्ताअघि प्रमाणपत्र उपलब्ध गराएको थियो ।

उक्त प्रमाणपत्र आज खड्कालाई हस्तान्तरण गरिएको हो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले वृक्षासनमा बसेर विश्व कीर्तिमान कायम गर्न सफल भएकोमा खड्कालाई बधाई दिँदै विश्वमा नेपालको नाम राख्न सफल भएको बताए ।

योग प्रशिक्षक खड्काले वृक्षासनको पुरानो रेकर्ड आफूले तोड्न सफल भएकामा खुसी व्यक्त गरे ।

यसअघि वृक्षासनको विश्व रेकर्ड भारतीय नागरिक सनत रथको नाममा थियो ।

सन् १८ जुन २०२० मा बैङ्गलोरका सनतले एक घण्टा ६ मिनेट ५५.३ सेकेन्डसम्म वृक्षासनमा बसेर गिनिज बुकमा नाम लेखाएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : १६ बजे

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक