योग प्रशिक्षक खड्काले बनाए विश्व कीर्तिमान  | Khabarhub Khabarhub

योग प्रशिक्षक खड्काले बनाए विश्व कीर्तिमान 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली योग प्रशिक्षक विक्रम खड्काले तीन घण्टा ५० मिनेटसम्म वृक्षासन (ट्रि पोज) मा बसेर विश्व कीर्तिमान बनाएका छन् ।

लायन्स क्लब अफ काठमाडौँ च्याम्पिएनले बिहीबार गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खीलराज रेग्मीले उनलाई विश्व रेकर्ड प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

‘गिनिज बुक अफ वर्ल्डले केही हप्ताअघि प्रमाणपत्र उपलब्ध गराएको थियो ।

उक्त प्रमाणपत्र आज खड्कालाई हस्तान्तरण गरिएको हो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले वृक्षासनमा बसेर विश्व कीर्तिमान कायम गर्न सफल भएकोमा खड्कालाई बधाई दिँदै विश्वमा नेपालको नाम राख्न सफल भएको बताए ।

योग प्रशिक्षक खड्काले वृक्षासनको पुरानो रेकर्ड आफूले तोड्न सफल भएकामा खुसी व्यक्त गरे ।

यसअघि वृक्षासनको विश्व रेकर्ड भारतीय नागरिक सनत रथको नाममा थियो ।

सन् १८ जुन २०२० मा बैङ्गलोरका सनतले एक घण्टा ६ मिनेट ५५.३ सेकेन्डसम्म वृक्षासनमा बसेर गिनिज बुकमा नाम लेखाएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : १६ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु