शुक्रबार कुन भगवानको पूजा गर्ने ? « Khabarhub

शुक्रबार कुन भगवानको पूजा गर्ने ?


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हिन्दु धर्मशास्त्रमा हरेक दिनको विशेष महत्व छ । साताको अन्तिम दिन अर्थात् शुक्रबारलाई काम सुरु गर्दा राम्रो बारका रुपमा हेरिन्छ ।

धर्मशास्त्र अनुसार शुक्र ग्रह भोगविलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो । त्यसैले आफ्नो श्रीमतीलाई कष्ट दिनु, कुनै पनि प्रकारको फोहोर वस्त्र लगाउनुले शुभ तथा अशुभ फल दिने गर्छ ।

शुक्रवारको दिन यी काम गर्नु राम्रो मानिन्छः

शुक्रबारको दिन देवी दुर्गाको पूजा गरिन्छ । त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ । महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ ।

शुक्रवार दिन सेतो वस्त्र लगाउनुहोस् । शुक्रवार घरमा तुलसीको वृक्ष लगाएर पुजा गरेमा पनि राम्रो मानिन्छ । शुक्र, ग्रहमा सबैभन्दा चम्किलो र प्रेमको प्रतिक भएका कारण पनि यो बार सबै कुराले शुभ हुने धर्म शासत्रमा उल्लेख छ ।

जानकारहरुका अनुसार शुक्रवार दिन सेतो वस्त्र लगाउँदा निकै उत्तम हुन्छ । त्यस्तै शुक्रवार घरमा तुलसीको वृक्ष लगाएर पुजा गरेमा पनि राम्रो मानिन्छ ।

आजको दिनमा चाँदी, चामल, दूध, दही, सेतो चन्दन, सेतो वस्त्र कुनै पुजारीको श्रीमतीलाई दान गर्दा फलिफाप हुन्छ भन्ने विश्वास रही आएको छ । आजको दिन घर छाडेर बाहिर हिड्दा पनि सेतो चन्दनको टिका लगाउन शास्त्रले भनेको छ ।

शुक्रवारको दिन भोजनलाई जुठो बनाउनु अघि केही भाग गाईलाई पनि बाँड्न सकेको खण्डमा सुनमा सुगन्ध हुन्छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : १४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२