एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक गरिने « Khabarhub

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक गरिने


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।

घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथा कार्यक्रमको स्पष्ट खाका हुन्छ । दलका प्रतिनिधि निर्वाचनबाट निर्वाचित भएको अवस्थामा उक्त घोषणापत्रलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

यसअघि एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायत दलहरूले घोषणापत्र/प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : ०२ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले