'हावा कुरा गर्ने नेता र ताली बजाउने जनता भएपछि देश यस्तै हुन्छ' | Khabarhub Khabarhub

‘हावा कुरा गर्ने नेता र ताली बजाउने जनता भएपछि देश यस्तै हुन्छ’



हामीले समस्यालाई मात्र हेर्‍यौ । भुक्तानी सन्तुलन घट्यो भनिरहेका छौँ । २०७४ सालको निर्वाचन पछाडि कम्युनिस्ट पार्टीको दुई तिहाइ बहुमतको सरकार बन्यो । यसपछाडि नेपालको व्यापारिक समुदायले लगानी गर्ने विश्वास गुमायो । किनभने नेपालको व्यापारिक समुदायमाथि अख्तियार दुरुपयोग अनुसन्धानले छानबिन गर्न पाउने विधेयक मस्यौदा तयार भयो । अब कसले लगानी गर्ने ? के आफै अख्तियारमा बाँधिन लगानी गर्ने ? यसपछि लगानी घट्दै गयो ।

हामीले उत्पादन भएन आयात मात्रै भयो भन्छौँ । तर उत्पादन नहुनुको कारण लगानी भएन । उत्पादन किन भएन भने व्यावसायिक समुदायले आफ्नो निर्धकता गुमाउँदै गयो । त्यसैले यसको समस्या यहाँबाट हेर्नुपर्छ । दुई वर्ष कोभिड थियो । कोभिडको कारणले गर्दा खपत भएन । मुख्य आयात हुन्छ तर हामीले दुई वटा दसैँ नै मनाएनौँ । पेट्रोलियम उत्पादनको आयात भएन । किनभने सवारी साधन सबै बन्द भयो। दुई वटा कोभिडको कारणले गर्दा यो समस्या अहिले आएको हो । कोभिड नभएको भए त्यति बेला नै आउँथ्यो ।

अहिले जुन आयात भइरहेको छ । हाम्रो करिब तीन करोड जनसंख्यामा एक करोड बाहिर नै छ । बाँकी दुई करोड जनसंख्याले सबै खपत गर्छ र ? कृषिको विवरण हेर्दा प्रधानमन्त्री रोजगार भनिएको छ । तर आयात बढेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले सिर्जना गरेको रोजगारले उत्पादनमा सहयोग गरेन ? हाम्रो उत्पादन र प्रतिव्यक्ति खपत मिल्दैन । त्यसैले आयात भइरहेको छ । तर निर्यातको सहयताबाट पुँजी उडान भइरहेको छ । धान आएकोमा धानको बिल बिचक मात्र आएको छ । साँच्चिकै धान आएको छ कि छैन ? तरकारीको बिल बिचक मात्र आएको हो कि ? साँच्चिकै त्यही परिणाममा तरकारी आएको छ ? यो जुन भ्रष्टाचारको पैसा अथवा व्यावसायिक समुदायले विश्वास गुमाएको पैसाले एलसी खोलिएर बिल बिचकमा आयो । तर त्यो पैसाको वास्तवमा सामान आएको छैन । यो समस्या नीति निर्माताले हेर्नुपर्छ ।

अर्को कुरा त्यतिखेर काठमाडौँमा मनोरेल कुदाउने कुरा थियो । विद्युतीय उत्पादनलाई वृद्धि गर्ने र भुक्तानी सन्तुलनलाई सहयोग गर्ने नीति थियो । अहिले पनि हाम्रो मुख्य समस्या के हो भने पेट्रोलियम उत्पादन दोब्बर वृद्धि हुँदा दोब्बर आयात भयो । यसले गर्दा हामीले घरघरमा ‘इन्डक्सन’ चुलो पुर्‍याउन सकेनौँ । ग्याँसमा प्रतिसिलिन्डर ६२५ रुपैयाँ अनुदान दिइरहेको छौँ ।

विद्युतीयबाट खान बनाउन अनुदान दिएका छैनौँ । उताबाट पेट्रोल डिजेल गाडीले सामान लिएर आउँछ अनि नेपालको सिमानामा भएको पेट्रोल डिजेल भरेर लैजान्छ । यो उत्पादनको आयतमा यस्तो भइरहेको छ । अनुदान दिए पनि दिऊँ । तर हामीले पेट्रोलमा दिएको ठूलो अनुदान रकम त्यतातिर गइरहेको छ । हामी सामान आयात गर्ने र पेट्रोल डिजेल निर्यात गर्ने जस्तो भएको छ । त्यसकारण त्यतातिर सोच्नुपर्छ।

हामी समस्या आइसकेपछि मात्र छलफल गर्छौँ । समस्या आउनुभन्दा अगाडि ख्यालै गर्दैनौँ । कोभिडको कारणले आयात कम भएर भुक्तानी सन्तुलन बढेको हो भन्ने ज्ञान पनि भएन । हाम्रो नेतृत्व दुरदर्शी छैन । कोभिड भएर मान्छेहरू विदेश गएनन् । सरकारले प्रधानमन्त्री स्वरोजगार, कृषि आधुनिकरण ल्याएर रोजगारी वृद्धि भयो र विदेश जाने संख्या कम भयो भनेर प्रतिवेदन तयार गरेको छ ।

अनि त्यसैमा हामीले ताली बजाएका छौ । एउटा राजनीतिक नेतृत्व भएपछि यसबाट दीर्घकालीन असर के हुन्छ ? यसले रेमिट्यन्स के असर गर्छ ? हाम्रो वास्तविक उत्पादनमा यो पैसा खर्च भएको छ कि छैन भन्ने बुझ्नुपर्छ । तर यस्तो हावादारी कुरा गर्ने नेतृत्व र ताली बजाउने जनता भएपछि देश हुने नै यस्तो हो ।

(खबरहबद्वारा आयोजित ‘अहिलेको आर्थिक संकट र समाधानको उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रममा विश्लेषक प्रकाश दुलालले राखेको धारणाको सम्पादित अंश)

[प्रस्तुति : पासाङ लामा ह्योल्मो]

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : ५१ बजे

प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका महामहिम

राहुल चौधरी लगातार पाँचाैँ वर्ष ‘होटेलियर पावर लिस्ट’मा

काठमाडौं – सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवम्‌ प्रमुख कार्यकारी

कृषि उत्पादन बढाउन व्यवसायिकरण जरुरी छ : डा महत

सुदूरपश्चिम– नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिको

दशैँलाई काठमाडौंमा ४५ हजार खसीबोका भित्र्याइँदै

काठमाडौं – दशैंमा मासुको माग पूर्ति गर्न काठमाडौं उपत्यकामा झन्डै

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन – नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरूका