युनाइटेडको प्रशिक्षकमा टेन हाङ नियुक्त « Khabarhub

युनाइटेडको प्रशिक्षकमा टेन हाङ नियुक्त


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षकमा एरिक टेन हाङलाई नियुक्त गरेको छ । बिहीबार युनाइटेडले डच प्रशिक्षकलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको हो ।

युनाइटेडले विज्ञप्तिमा टेन हाङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिन पाउँदा क्लब निकै हर्षित रहेको बताएको छ । टेन हाङ र युनाइटेडबीच सन् २०२५ जुनसम्मका लागि सम्झौता भएको छ ।

‘चार वर्ष आयाक्समा बिताएका एरिकले आफूलाई युरोपको सफल प्रशिक्षकमध्येमा प्रमाणित गरिसकेका छन् । टेन हाङ आक्रामक फुटबल र युवा खेलाडीप्रति प्रतिबद्धताको लागि चर्चित छन्,’ युनाइटेडका फुटबल निर्देशक जोन मुर्टोफले भने ।

यस्तै, मुर्टोफाले टेन हाङसँग लामो समय सहकार्य गर्नका लागि युनाइटेड उत्सुक रहेको बताए । टेन हाङले युनाइटेडको प्रशिक्षकमा अनुबन्ध हुन पाउनु सम्मानको कुरा भएको बताए ।

‘म युनाइटेडमा आउँदो चुनौतीको सामना गर्न निकै उत्साहित छु । यस उत्कृष्ट क्लबको इतिहास र समर्थकहरुको गहिरो समर्थनको बारेमा थाहा छ । क्लबलाई सफलता प्रदान गर्न सक्षम टिमको निर्माण गर्नेछु,’ टेन हाङले भने ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : ०१ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित