युनाइटेडको प्रशिक्षकमा टेन हाङ नियुक्त | Khabarhub Khabarhub

युनाइटेडको प्रशिक्षकमा टेन हाङ नियुक्त


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षकमा एरिक टेन हाङलाई नियुक्त गरेको छ । बिहीबार युनाइटेडले डच प्रशिक्षकलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको हो ।

युनाइटेडले विज्ञप्तिमा टेन हाङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिन पाउँदा क्लब निकै हर्षित रहेको बताएको छ । टेन हाङ र युनाइटेडबीच सन् २०२५ जुनसम्मका लागि सम्झौता भएको छ ।

‘चार वर्ष आयाक्समा बिताएका एरिकले आफूलाई युरोपको सफल प्रशिक्षकमध्येमा प्रमाणित गरिसकेका छन् । टेन हाङ आक्रामक फुटबल र युवा खेलाडीप्रति प्रतिबद्धताको लागि चर्चित छन्,’ युनाइटेडका फुटबल निर्देशक जोन मुर्टोफले भने ।

यस्तै, मुर्टोफाले टेन हाङसँग लामो समय सहकार्य गर्नका लागि युनाइटेड उत्सुक रहेको बताए । टेन हाङले युनाइटेडको प्रशिक्षकमा अनुबन्ध हुन पाउनु सम्मानको कुरा भएको बताए ।

‘म युनाइटेडमा आउँदो चुनौतीको सामना गर्न निकै उत्साहित छु । यस उत्कृष्ट क्लबको इतिहास र समर्थकहरुको गहिरो समर्थनको बारेमा थाहा छ । क्लबलाई सफलता प्रदान गर्न सक्षम टिमको निर्माण गर्नेछु,’ टेन हाङले भने ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : ०१ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु