राखेप बोर्ड बैठक आज बिहान ११ बजे सुरु हुने « Khabarhub

राखेप बोर्ड बैठक आज बिहान ११ बजे सुरु हुने


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आज बस्ने तय भएको छ।

सदस्यसचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आज बोर्ड बैठक बोलाएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयमा हुने बैठक बिहान ११ बजे सुरु हुनेछ । अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको सुरुवातमा बसेको थियो ।

अदालतबाट अल्पकालीन अन्तरिम आदेश लिएर आएका आठ सदस्यलाई नबोलाइएको बैठकमा मुख्य दुई एजेन्डा राखिएको छ ।

सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद र चीनमा हुने १९औं एशियन गेम्सलाई मुख्य एजेन्डा बनाएका हुन् ।

मन्त्री परिषद्को बैठकले यसअघि नै नवौं राष्ट्रिय खेलकुद २२-२८ जेठसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : ०९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको