मनाइँदै नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७४औँ वर्ष  « Khabarhub

मनाइँदै नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७४औँ वर्ष 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७३ वर्ष पूरा भएको छ । आजकै दिन अर्थात् ७३ वर्षअघि वि.स.२००६ साल वैशाख ९ गते नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।

सोही दिनको सम्झनामा नेपालका कम्युनिस्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन् ।

स्थापना दिवसका अवसरमा नेकपा एमालेले दिउँसो १ बजे कार्यक्रम आयोजना गर्दैछ । यही अवसरमा एमालेले पार्टी केन्द्रीय कार्यालय थापथलीदेखि च्यासलमा सार्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा कम्युनिस्ट योद्धालाई सम्मान र स्थानीय निर्वाचन प्रतिबद्धता सार्वजनिक गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

स्थापना दिवसका अवसरमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  शुभकामना दिएका छन् ।

‘आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन हो,’ उनले भनेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ हुन्।

उनीहरूले भारतको कलकत्तामा पार्टी स्थापना गरेका थिए । पार्टी स्थापना भएको ४५ वर्षपछि २०५१ मा पहिलो पटक कम्युनिस्ट पार्टी सत्तामा पुगेको थियो ।

मनमोहन अधिकारी नेतृत्वमा गठन भएको सरकारले अघि सारेको सामाजिक सुरक्षाको कार्यक्रमअन्तर्गत वृद्धा भत्ता र आफ्नो गाउँ आफैँ बनाऔँ लगायत कार्यक्रम लोकप्रिय बन्यो ।

त्यसपछि भने कम्युनिस्ट पार्टीहरूले पटक पटक सत्तारोहरण गरिसकेका छन् । तर, उनीहरूले भन्दै आएको सर्वहारा वर्गको जनजीविकाको सवालमा भने परिवर्तन आएको छैन । जसले गर्दा कम्युनिस्ट पार्टीहरू आलोचित छन् ।

अधिकारीबाहेक कम्युनिस्ट नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, कम्युनिस्ट कित्ताबाट केही वर्षअघि अलग भएका डा. बाबुराम भट्टराई र केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिसकेका छन् ।

तर, अधिकारी नेतृत्वको ९ महिने अल्पमतको सरकारले अघि सारेका कार्यक्रमहरू अझैसम्म लोकप्रिय छन् । जसको राजनीतिक लाभ ओली नेतृत्वको नेकपा एमालेले दिँदै आएको छ ।

एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले भने १० वैशाख २००६ लाई स्थापना भएको मिति मान्ने भएको छ ।

स्थानीय तह निर्वाचन २०७९ को घोषाणापत्रको पृष्ठभूमिमै एकीकृत समाजवादीले नेकपाको स्थापना १० वैशाख २००६ मा भएको उल्लेख गरेको छ ।

पार्टी महासचिव डा. बेदुराम भुसालका अनुसार स्थापना भएको मिति इस्वी सम्वतमा भएको र त्यसलाई विक्रम सम्वतमा रूपान्तरण गर्दा १० वैशाख भएको दाबी गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : २७ बजे

ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश नयाँ क्यालेन्डर सार्वजनिक

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र

प्रहरी बचाउने शिबराम र गीताकुमारीलाई पुरस्कृत गर्न आयोगले गर्‍यो सिफारिस

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको उच्चस्तरीय आयोगले आन्दोलनको क्रममा

घाइतेको उपचारमा खटिएकी कार्कीको बयान : प्रहरीले संयमता अपनाएन

काठमाडौं–  तत्कालीन सांसद डा. तोसीमा कार्कीले जेन–जी आन्दोलनका क्रममा प्रहरीले संयमता नअपनाउँदा