जिपमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु  | Khabarhub Khabarhub

जिपमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भई कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सिकोलास्थित मदर ल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलालीका १८ वर्षीय जगदिश शाहीको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
जडीबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल गए राती पौने १० बजे सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो ।

जिप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ११ : १३ बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज