देश/प्रदेश

मनोनयनको दुई दिन अघिसम्म पनि टुंगिएनन् उम्मेदवार  

By खबरहब

April 22, 2022

काठमाडौँ – आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेसहितका दलले उम्मेद्‍वारको टुंगो लगाउन सकेका छैन ।

निर्वाचन आयोगका अनुसार ११ वैशाखदेखि सुरु हुने मनोनयन दर्ता हुनेछ। तर, सत्तारुढ पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरपालिकाको भागवण्डा गरे पनि उम्मेद्‌वारको टुंगो लगाउन अझै सकेका छैनन् भने प्रतिपक्ष एमाले १० वैशाख उम्मेदवार टुंग्याउने घोषणा गरेको छ ।

नेपाली कांग्रेसले मुख्यत: महानगर र उपमहानगरमा उम्मेद्‌वार चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने एमालेले शनिबारको बैठकबाट निर्णय लिने भएको छ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाका लागि रेणु दाहाललाई दोहोर्‍याउने जनाइरहेका बेला नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले भने अझै निर्णय लिन सकेका छैनन् ।

हाललाई आन्तरिक छलफलमा रहेको जनाउँदै ११ वैशाखभित्रै निर्णय लिने गरी राजनीतिक दललाई दबाब बढ्दै गएको छ ।