फिलिपिन्समा फ्रिजभित्र लुकेर पहिरोबाट जोगिएका ११ वर्षे बालक « Khabarhub

फिलिपिन्समा फ्रिजभित्र लुकेर पहिरोबाट जोगिएका ११ वर्षे बालक


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिलिपिन्सका एक ११ वर्षीय बालक घन्टौँसम्म फ्रिजभित्र बसेर पहिरोबाट बच्न सफल भएका छन् ।

न्यू योर्क पोस्टका अनुसार बेबे शहरमा सीजे जस्मे नाम गरेका ती बालक आफ्नो परिवारसँग घरमा बसेका थिए । त्यही बेला ठूलो माटोको पहिरोले उनीहरूको घर पुरेको थियो ।  

पहिरोले घर पुर्न थालेपछि ११ वर्षीय ती बालकले तत्काल फ्रिजभित्र पसेका थिए । आँधीबाट बच्न उनी २० घन्टा फ्रिजभित्र बिताएका थिए ।

नदीको किनारमा रेफ्रिजरेटर देखेपछि अन्ततः उद्धार टोली त्यहाँ पुगेको थियो । टोलीले उनलाई तत्काल उद्धार गरेको थियो । 

उनीहरूले टुटेको फ्रिजलाई हिलोबाट बाहिर निकालेर बालकलाई बचाएका थिए । ‘मलाई भोक लागेको छ’ उद्धारपछि ती बालकको भनाई उद्धृत गर्दै न्यूयोर्क पोस्टले जनाएको छ ।

। उनको खुटा भाँचिएको छ । बच्चाको अवस्था स्थिर छ । बाढीका कारण उनका आमा र दुई दाजुभाइ अझै बेपत्ता छन् ।

मेगी आँधीपछि आएको अविरल वर्षापछिको बाढीका कारण लेटे प्रान्तमा दर्जनौँको मृत्यु भएको छ भने अझै केही हराइरहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : ०० बजे

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको