पछिल्लो ९ महिनामा साढे २८ अर्बको चार हजार केजी सुन भित्रियो « Khabarhub

पछिल्लो ९ महिनामा साढे २८ अर्बको चार हजार केजी सुन भित्रियो


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा साढे २८ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको सुन नेपाल भित्रिएको हो ।

उक्त अवधिमा २८ अर्ब ५४ करोड ९० लाख ४ हजार रुपैयाँमा ४ हजार ९४ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो एक वर्षमा नेपालले आयात गरेकोभन्दा बढी सुन चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भित्रिसकेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको सुन आयात गरेको थियो । उक्त मूल्यमा सो वर्ष ३ हजार ९२४ केजी सुन नेपाल भित्रिएको थियो ।

नेपाल भित्रिने सम्पूर्ण सुन युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट आउने गरेको पाइएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मात्र युएईबाट २२ अर्ब ६ करोड २१ लाख ६ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ । सोही अवधिमा टर्कीबाट ५ अर्ब २८ करोड १८ लाख ४६ हजार रुपैयाँको सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : ३१ बजे

पहिलो चौमासिकमा सरकारको बजेट खर्च २३ प्रतिशत

 काठमाडौँ – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारले

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ 

सिन्धुली– कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा

तीन सयको सामान किनेका राम श्रेष्ठले पाए १० लाखको पुरस्कार

काठमाडौँ– भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले ३०० रुपैयाँको सामान

रुसी सैन्य विमानले जापानी हवाई क्षेत्र उल्लङ्घन गरेपछि लडाकु विमान परिचालन

टोकियो– दुई संदिग्ध रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन

पूर्वी तराईमा लोकप्रिय बन्दै भक्का

मोरङ– जाडोयाम सुरु भएसँगै मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बिहानैदेखि तातो भक्काको