असफलता रोकिने जोनको आश  « Khabarhub

असफलता रोकिने जोनको आश 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउथ इन्डियन फिल्मको क्रेज बढिरहेकोले केही समय यता बलिउडलाई नै असर परिरहेको छ । पुष्पा, आरआरआर, केजीएफ : च्याप्टर २ ले बक्स अफिसमा एकपछि अर्को रेकर्ड बनाउँदा बलिउडका अधिकांश फिल्म असफल छन् । पछिल्लो समय बलिउडमा रिलिज भएको ‘द कश्मीर फाइल्स’ बाहेक अन्य फिल्मले बक्स अफिसमा आफूलाई टिकाउन सकेका छैनन् । 

यसकै असरमा रहेका छन् पछिल्लो समय अभिनेता जोन अब्राहम । केही समय यता जोन अभिनीत फिल्म बक्सअफिसमा लगातार असफल छन् । मुम्बई साँगा , सत्यमेव जयते २, अट्याक लगायतका फिल्मले उनलाई सफलता दिलाउन सकेको छैन । यसैले गर्दा जोन नयाँ फिल्म ‘एक भिलेन २’ प्रति आशावादी छन् । सन् २०१४ मा बनेको फिल्म ‘एक भिलेन’ को दोस्रो सिरिज हुनेछ जोनको यो फिल्म । 

पहिलो सिरिजमा सिद्धार्थ मलहोत्रा , श्रद्धा कपूर र रितेश देशमुख कास्ट थिए । यी तिनैको कामसँगै फिल्मलाई दर्शकले रुचाएका थिए । गीत संगीतले दर्शकलाई हलसम्म आकर्षित गरेको थियो भने दर्शक फिल्ममा कन्भिन्स थिए ।

यसको दोस्रो सिरिजलाई मोहित सुरीले नै निर्देशन गर्नेछन् । ‘एक भिलेन २’ नाम राखिएको फिल्ममा जोन अब्राहम र आदित्य रोय कपूरको अभिनय रहनेछ । यसलाई भुषण कुमार र एकता कपूरले संयुक्त रुपमा निर्माण गर्नेछन् । हिट फिल्मको सिरिज भएकाले जोनले असफलतालाई यसले रोक्ने विश्वास गरेका छन् । यद्यपि दर्शकले भने एक भिलनेको सिक्वेलमा नयाँ कलाकारहरुलाई रुचाउँछन् वा रुचाउदैनन् ? यो भने आउँदा दिनले नै बताउनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : १८ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका