जो बाइडेनद्वारा युक्रेनलाई ८० करोडको नयाँ सैन्य सहायता घोषणा « Khabarhub

जो बाइडेनद्वारा युक्रेनलाई ८० करोडको नयाँ सैन्य सहायता घोषणा


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । ह्वाइट हाउसको रुजबेल्ट रुमबाट सम्बोधन गर्दै बाइडेनले यस्तो घोषणा गरेका हुन् ।

यस्ता सैन्य सहयोगमा भारी तोपखाना प्रणाली, ७५ लामो दूरीको १५५ मिमी हवित्जर, १ लाख ४४ हजार राउण्ड गोलीगठ्ठा, ७२ ट्याक्टिकल बख्तरबन्द गाडीका साथै १ सय भन्दा धेरै फिनिक्स गोष्ट ट्याक्टिकल मानवरहित हवाई उपकरण (ड्रोन) समावेश रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसबाहेक उनले युक्रेन सरकारलाई ५० करोड डलर बराबरको प्रत्यक्ष आर्थिक सहयोगको पनि घोषणा गरेको जनाइएको छ ।

‘उनीहरु अर्को चरणको युद्धका लागि तयार रहेका बेला हामी निकै गम्भीर घडीमा छौँ ।’ बाइडेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।उनले अमेरिका र साझेदारहरुले युक्रेनलाई सहयोग गर्न ‘सकेजति चाँडो’ काम गरिरहेको समेत बताए ।

यो सहयोग युक्रेनलाई सहयोग गर्ने सम्बन्धी कोषबाट दिइने र यसका लागि कंग्रेससँग थप सहयोगका लागि प्रस्ताव गरिने समेत उनले बताए । ‘यो निर्णय भइरहेको छ । मैले रक्षा मन्त्रालयललाई प्रस्ताव अघि बढाउन भनेको छु ।’ उनले भने ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले युक्रेनलाई गरिने थप सहयोगबारे छिटोमा अर्को साता प्रक्रिया अघि बढाइने हाउसकी सभामुख न्यान्सी पेलोसीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अमेरिकी कांग्रेसमा युक्रेनलाई सहयोग गर्ने विषयमा रिपब्लिकन र डेमोक्र्याट प्रतिनिधिहरू लगभग एकमत रहेको जनाइएको छ ।

यसबाहेक उनले रुससँग सम्बन्धित पानीजहाजलाई अमेरिकी बन्दरगाहहरूमा प्रवेश नदिइने योजना पनि घोषणा गरे ।  यसबाहेक उनको घोषणामा रुसी आक्रमणबाट विस्थापित एवम् शरणार्थी भएकाहरुलाई अमेरिकामा अस्थायी बसोबासका लागि पनि नयाँ कार्यक्रम पनि प्रस्ताव गरिएको छ ।

यसअघि गत साता पनि राष्ट्रपति बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको यस्तै सैनिक सहयोगको घोषणा गरेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १ : १० बजे

हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानी सर्वोच्च नेता खामेनी मारिए, सातदिने सार्वजनिक बिदा र ४० दिने शोकको घोषणा

तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी

सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल,

इरानले बन्द गरिदियो होर्मुज स्ट्रेट जलमार्ग

तेहरान – इरानले विश्वमा तेल आपूर्तिको प्रमुख जलमार्गमध्ये एक होर्मुज

इरानी नेता खामेनेईका छोरी, ज्वाइँ र नाति मारिए

तेहरान– इजरायली र अमेरिकी आक्रमणका क्रममा इरानी सर्वोच्च नेता आयतोल्लाह