जो बाइडेनद्वारा युक्रेनलाई ८० करोडको नयाँ सैन्य सहायता घोषणा « Khabarhub

जो बाइडेनद्वारा युक्रेनलाई ८० करोडको नयाँ सैन्य सहायता घोषणा


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । ह्वाइट हाउसको रुजबेल्ट रुमबाट सम्बोधन गर्दै बाइडेनले यस्तो घोषणा गरेका हुन् ।

यस्ता सैन्य सहयोगमा भारी तोपखाना प्रणाली, ७५ लामो दूरीको १५५ मिमी हवित्जर, १ लाख ४४ हजार राउण्ड गोलीगठ्ठा, ७२ ट्याक्टिकल बख्तरबन्द गाडीका साथै १ सय भन्दा धेरै फिनिक्स गोष्ट ट्याक्टिकल मानवरहित हवाई उपकरण (ड्रोन) समावेश रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसबाहेक उनले युक्रेन सरकारलाई ५० करोड डलर बराबरको प्रत्यक्ष आर्थिक सहयोगको पनि घोषणा गरेको जनाइएको छ ।

‘उनीहरु अर्को चरणको युद्धका लागि तयार रहेका बेला हामी निकै गम्भीर घडीमा छौँ ।’ बाइडेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।उनले अमेरिका र साझेदारहरुले युक्रेनलाई सहयोग गर्न ‘सकेजति चाँडो’ काम गरिरहेको समेत बताए ।

यो सहयोग युक्रेनलाई सहयोग गर्ने सम्बन्धी कोषबाट दिइने र यसका लागि कंग्रेससँग थप सहयोगका लागि प्रस्ताव गरिने समेत उनले बताए । ‘यो निर्णय भइरहेको छ । मैले रक्षा मन्त्रालयललाई प्रस्ताव अघि बढाउन भनेको छु ।’ उनले भने ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले युक्रेनलाई गरिने थप सहयोगबारे छिटोमा अर्को साता प्रक्रिया अघि बढाइने हाउसकी सभामुख न्यान्सी पेलोसीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अमेरिकी कांग्रेसमा युक्रेनलाई सहयोग गर्ने विषयमा रिपब्लिकन र डेमोक्र्याट प्रतिनिधिहरू लगभग एकमत रहेको जनाइएको छ ।

यसबाहेक उनले रुससँग सम्बन्धित पानीजहाजलाई अमेरिकी बन्दरगाहहरूमा प्रवेश नदिइने योजना पनि घोषणा गरे ।  यसबाहेक उनको घोषणामा रुसी आक्रमणबाट विस्थापित एवम् शरणार्थी भएकाहरुलाई अमेरिकामा अस्थायी बसोबासका लागि पनि नयाँ कार्यक्रम पनि प्रस्ताव गरिएको छ ।

यसअघि गत साता पनि राष्ट्रपति बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको यस्तै सैनिक सहयोगको घोषणा गरेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १ : १० बजे

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,