नौ महिनामा ३५ अर्बको ५० लाख थान मोबाइल सेट नेपाल भित्रिए « Khabarhub

नौ महिनामा ३५ अर्बको ५० लाख थान मोबाइल सेट नेपाल भित्रिए


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट ५० लाख ८५९ थान मोबाइल सेट नेपाल भित्रिएको छ ।

ती मोबाइल आयात गर्दा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ देशबाट बाहिरिएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले कूल ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल आयात गरेको थियो ।

गत आर्थिक वर्ष ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट नेपाल भित्रिएको थियो ।

चालु आर्थिक वर्षमा अफगानिस्तान, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चिली, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हंगेरी, आइसल्याण्ड, भारत, इन्डोनेसिया, इराक, आयरल्याण्ड, इजरायल, इटाली, जापान, केन्या, दक्षिण कोरिया, कुवेत, लग्जेम्वर्ग, मलेसिया, माल्टा, नेदरल्याण्ड्स, न्युजल्याण्ड’ नर्वे, ओमान, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, साउदी अरब, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, युक्रेन, युएई, बेलायत, अमेरिका, भियतनाम लगायतका देशबाट मोबाइल नेपालमा आएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो नौ महिनामा चीनबाट २० अर्ब ६२ करोड ९५ लाख ९६ हजार रुपैयाँ, भारतबाट १२ अर्ब १५ करोड ७ लाख ५० हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ४९ करोड ७१ लाख १५ हजार रुपैयाँ, युएईबाट २४ करोड ३८ लाख ५० हजार रुपैयाँ, अमेरिकाबाट १२ करोड १४ लाख ३६ हजार रुपैयाँ र बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँको मोबाइल सेट नेपाल भित्रिएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १ : ४१ बजे

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन– ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन्

चालीस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री-वितरण नगर्न विभागको निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य

निर्वाचन आउन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २५ गते शुक्रबार तदनुसार