कार्म भन्छन्, 'मलाई कलाकारिता गर्नु छ' | Khabarhub Khabarhub

कार्म भन्छन्, ‘मलाई कलाकारिता गर्नु छ’


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता कार्मलाई आधिकांश समय मिडियाले कर्मा लेखिदिए ।

उनले पनि केही बोलेनन् भने मिडियाले पनि त्यही लेखिरहे ।तर, उनले राखेको नाम हो कार्म । पछिल्लो समय आयोजित एक पत्रकार सम्मेलनमा उनले आफ्नो नाम र त्यसको अर्थलाई प्रस्ट्याए ।’मलाई कार्म भन्नुस् किनकी कर्मा उच्चारण सही होइन र कार्म भने स्टार हो’ उनले भने । 

‘सानो संसार’ बाट फिल्म क्षेत्रमा प्रवेश गरेदेखि नै नायक कार्मलाई मिडिया र दर्शकले कर्मा भनेर बोलाएको सम्झिदै उनले वैशाख २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘षट्कोण’ को पत्रकार सम्मेलनमा आफ्नो नाम बारे बोलेका हुन्। ‘थियटरबाट फिल्ममा आएकाले गर्दा होला मलाई शो अप गर्नु पर्छ भन्ने लाग्दैन । कार्म भनेको स्टार भए ता पनि म यहाँ स्टार बन्न आएकै होइन । मलाई कलाकारिता गर्नु छ’ कार्मले भने । 

कुराकानी क्रममा उनले आफूलाई‘ षट्कोण’ जस्तो फिल्म गर्दा सन्तुष्टि मिल्ने बताए । ‘अब लभ स्टोरीमा पनि नयाँ कथा खोज्न आवश्यक छ । होइन भने, सधैँ एउटा शैलीको लभ स्टोरी फिल्ममा काम गरेर अब अर्थ छैन’ कार्मले भने ।फिल्ममा खोज पत्रकारिता गर्नुपर्ने भूमिका भएकाले आफूले केही पत्रकारहरुसँग भेटेको पनि उनको भनाई थियो । साइकोलोजिक थ्रिलर फिल्ममा कार्म एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भूमिकामा देखिएका छन् ।

मिलन डि काप्रीको निर्देशनमा तयार भएको फिल्म ‘षट्कोण’ मा कार्मसँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ ।

शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । यसमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ३ : ०० बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका