विवेकशील साझाले धनगढी उपमहानगरको उपमेयरमा विमला पन्तलाई बनायो उम्मेदवार « Khabarhub

विवेकशील साझाले धनगढी उपमहानगरको उपमेयरमा विमला पन्तलाई बनायो उम्मेदवार


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाउने भएको छ।

इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक संघ संस्थाको संस्थापक रहेको अनुभव छ।

उनले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै विगत २२ वर्षदेखि कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय बालिकाहरूलाई प्रत्येक वर्ष १०ं२ सम्म पठनपाठनका लागि आवश्यक सबै सामग्री सहयोग गरी पढाइको जिम्मेवारी लिएको विवेकशील साझाले जनाएको छ । त्यसपछि उच्च शिक्षा अध्ययनको चाहना भएकालाई पनि उनले पढाउँदै आएकी छन्। ओझा १४ वर्षदेखि जिल्ला अदालत कैलालीमा बाल इजलासमा समाजशास्त्रीका रूपमा संलग्न छिन्।

विवेकशील साझा परित्याग गरेर गोपाल हमालले धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ३ : १५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया