नियमित मञ्चनमा ‘पल्पसा क्याफे’ « Khabarhub

नियमित मञ्चनमा ‘पल्पसा क्याफे’


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ को मञ्चन आजबाट मण्डला थिएटरमा सुरु भएको छ। 

नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटक मण्डलामा वैशाख २५ सम्म मञ्चन हुनेछ। ‘पल्पसा क्याफे’ उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यासमध्ये एक हो। यो पुस्तक अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा अनूदित छ। १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यासले तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर प्रसिद्धि कमाएको  थियो। 

सुरज सुवेदीको नाट्य रूपान्तरणमा विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सहनिर्देशनमा बनेको नाटकमा विमल सुवेदी र सृष्टि श्रेष्ठले दृश्य र पल्पसाको भूमिका निर्वाह गरेका छन्। नाटकमा सृष्टि र विमलका साथमा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

भारतको नेसनल स्कुल अफ ड्रामाबाट निर्देशन र डिजाइनमा ग्रयाजुएट सुवेदीले १० वर्षपछि अभिनयमा कमब्याक गरेका हुन्। प्रेम र द्वन्द्वको सरोबरी मात्रा पस्कने नाटकले उपन्यासभन्दा पर रहेर बेपत्ता परिवारको मनोदशालाई सशक्त रुपमा प्रस्तुत गर्नुका साथै मल्टिमिडियाको प्रयोगबाट द्वन्द्वको त्रासदीदेखि दृश्य र पल्पसाको प्रेमलाई जीवन्त तुल्याएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ४ : २३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले