प्रधानमन्त्री देउवा र डब्ल्यूएचओका महानिर्देशकबीच भेट « Khabarhub

प्रधानमन्त्री देउवा र डब्ल्यूएचओका महानिर्देशकबीच भेट


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा. गेहब्रेयसले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै त्यतिबेला डब्ल्यूएचओले नेपाललाई खोप वितरण गरी महत्वपूर्ण सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् ।

महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरै जसोलाई लगाएकोमा खुशी व्यक्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिए ।

महानिर्देशक टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान निकै उदाहरणीय र प्रशंसनीय रहेको बताएका थिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा. टेड्रोसले तीनदिने भ्रमणमा बिहीबार नेपाल आएका हुन् ।

उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ०४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन