काठमाडौँ– कुनै निर्देशक वा निर्माताले एउटै कलाकारसँग दोहोर्याएर पटक–पटक काम गरेको उदाहरण नेपाली फिल्म क्षेत्रमा निकै कम भेटिन्छ ।
किनकी उही कलाकारलाई सुहाउने भूमिका कमै निर्देशकले तयार गर्ने गर्छन्। निर्देशक तथा निर्माता दीपेन्द्र खनालले पनि फिल्म ‘धनपति’ पछि अभिनेत्री सुरक्षा पन्तलाईको लागि क्यारेक्टर निकाल्ने गर्छन् ।
‘धनपति’ पछि दीपेन्द्रले फिल्म चंगा चेट, घर, आमा लगायतमा सुरक्षाले अभिनय गरिसकेकी छिन्। यिनै सुरक्षा दीपेन्द्रको नयाँ फिल्म ‘ुके घर के डेरा’ मा अनुबन्धित भएकी छिन्। फिल्ममा दयाहाङ राई, विपिन कार्की वर्षा राउत र रविन्द्र झा फाइनल भइसकेका छन्। बैशाख २२ गतेबाट छायांकनमा जाने फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा गरिने निर्माण टिमले जनाएको छ ।
सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको फिल्मलाई आगामी वर्षमा नै प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको रहेको छ ।
प्रतिक्रिया