मोदीले जम्मु कश्मीरको भ्रमण गर्ने « Khabarhub

मोदीले जम्मु कश्मीरको भ्रमण गर्ने


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र पाकिस्तानबीच सार्वभौमिकताको विवादमा रहेको जम्मु कश्मीरको भ्रमण गर्ने भएका छन् ।

भारत सरकारले सन् २०१९ मा जम्मु कश्मीरलाई सीमित स्वशासन दिने धारा ३७० खारेज गरेयता प्रधानमन्त्री मोदीले पहिलो पटक जम्मु कश्मीरको भ्रमण गर्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार उनले आइतबार जम्मु कश्मीरमा एक सार्वजनिक समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

जम्मुको पाल्ली गाउँमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाद्वारा आयोजित कार्यक्रमलाई मोदीले सम्बोधन गर्न लागेको बताइएको छ ।

मोदीको भ्रमणअघि जम्मु कश्मीरको सुरक्षा व्यवस्था उच्च पारिएको एएफपीले जनाएको छ । 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ३ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको