फाइल तस्वीर

अन्तर्राष्ट्रिय

मोदीले जम्मु कश्मीरको भ्रमण गर्ने

By खबरहब

April 22, 2022

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र पाकिस्तानबीच सार्वभौमिकताको विवादमा रहेको जम्मु कश्मीरको भ्रमण गर्ने भएका छन् ।

भारत सरकारले सन् २०१९ मा जम्मु कश्मीरलाई सीमित स्वशासन दिने धारा ३७० खारेज गरेयता प्रधानमन्त्री मोदीले पहिलो पटक जम्मु कश्मीरको भ्रमण गर्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार उनले आइतबार जम्मु कश्मीरमा एक सार्वजनिक समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

जम्मुको पाल्ली गाउँमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाद्वारा आयोजित कार्यक्रमलाई मोदीले सम्बोधन गर्न लागेको बताइएको छ ।

मोदीको भ्रमणअघि जम्मु कश्मीरको सुरक्षा व्यवस्था उच्च पारिएको एएफपीले जनाएको छ ।