‘नाइँ नभन्नु ल ६’ मा आँचल « Khabarhub

‘नाइँ नभन्नु ल ६’ मा आँचल


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’ को छैटौँ श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् ।

आँचल बाहेकका अन्य कलाकार भने छनौट नभएको निर्देशक आचार्यले बताए। ‘मौखिक सहमति भइसकेको छ । हाम्रो टाइममा आँचलले सहमति जनाएकी छिन’ निर्देशक आचार्यले भने । यही सिरिजको चौथो शृंखला मार्फत डेब्यु गरेकी आँचलले ‘वर एण्ड वधु’ को छायांकन सकाएपछि  यसमा काम गर्नेछिन् ।

यस्तै, ‘नाइँ नभन्नु ल’ को दोस्रो सिरिजबाट काम गर्दै आइरहेका अनुभव रेग्मी यो सिरिजमा नहुने भएका छन् । अनुभव यो फिल्ममा गेस्ट आर्टिस्टको रुपमा मात्र जोडिने सम्भावना छ । फिल्ममा सलोन बस्नेत पनि हुने भनिएको छ । यद्यपि यस विषयमा निर्देशक आचार्यले स्क्रिप्टको काम सकिएपछि मात्र जानकारी दिने बताए ।

‘हामी सम्पूर्ण कलाकारहरुको लाइन-अप स्क्रिप्टको काम सकिएपछि मात्र गर्छौँ’ निर्देशक आचार्यले भने । भदौको दोस्रो साताबाट सुरु गरिने ‘नाइँ नभन्नु ल ६’ मा निर्देशक आचार्यले आफ्नो कथलाई समिप्याराज तिमल्सेनासँग मिलेर पटकथाको स्वरूप दिइरहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ५० बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच