‘नाइँ नभन्नु ल ६’ मा आँचल « Khabarhub

‘नाइँ नभन्नु ल ६’ मा आँचल


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’ को छैटौँ श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् ।

आँचल बाहेकका अन्य कलाकार भने छनौट नभएको निर्देशक आचार्यले बताए। ‘मौखिक सहमति भइसकेको छ । हाम्रो टाइममा आँचलले सहमति जनाएकी छिन’ निर्देशक आचार्यले भने । यही सिरिजको चौथो शृंखला मार्फत डेब्यु गरेकी आँचलले ‘वर एण्ड वधु’ को छायांकन सकाएपछि  यसमा काम गर्नेछिन् ।

यस्तै, ‘नाइँ नभन्नु ल’ को दोस्रो सिरिजबाट काम गर्दै आइरहेका अनुभव रेग्मी यो सिरिजमा नहुने भएका छन् । अनुभव यो फिल्ममा गेस्ट आर्टिस्टको रुपमा मात्र जोडिने सम्भावना छ । फिल्ममा सलोन बस्नेत पनि हुने भनिएको छ । यद्यपि यस विषयमा निर्देशक आचार्यले स्क्रिप्टको काम सकिएपछि मात्र जानकारी दिने बताए ।

‘हामी सम्पूर्ण कलाकारहरुको लाइन-अप स्क्रिप्टको काम सकिएपछि मात्र गर्छौँ’ निर्देशक आचार्यले भने । भदौको दोस्रो साताबाट सुरु गरिने ‘नाइँ नभन्नु ल ६’ मा निर्देशक आचार्यले आफ्नो कथलाई समिप्याराज तिमल्सेनासँग मिलेर पटकथाको स्वरूप दिइरहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ५० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा