लोसपाले गर्‍यो काठमाडौँको मेयरको उम्मेदवारका लागि नाम सिफारिस « Khabarhub

लोसपाले गर्‍यो काठमाडौँको मेयरको उम्मेदवारका लागि नाम सिफारिस


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिँदै गर्दा दलहरुले आफ्नो उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् ।

यसैक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रदेश कमिटीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सिफारिस गरेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा दानिन्द्र जोशी र उपमेयरमा शारदा देवी मगरको नाम सिफारिस भएको लोसपा बाग्मती प्रदेश अध्यक्ष करण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार काठमाडौँ महानगरपालिका अन्तर्गतको ७, ११, १३, २०, २१ र ३१ सँगै बुढानीलकण्ठ नगरपालिका अन्तर्गत ८ र ११ तथा चन्द्रागिरि नगरपालिका अन्तर्गत १५ नम्बर वडाको पनि वडा अध्यक्ष नाम सिफारिस गरिएको छ ।

यस्तै ,चौरी देउराली गाउँपालिका अन्तर्गत वडा नम्बर ८ मा पनि वडा अध्यक्ष सहित सदस्यहरूको समेत नामावली सिफारिस गरिएको छ । सिफारिस गरिएका नामहरुबाट छिटै नै टिकेट दिएर उम्मेदवारी घोषणा हुनेछ’ प्रदेश अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ५८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार