अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त हुँदैछ: मोहन बैद्य | Khabarhub Khabarhub

अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त हुँदैछ: मोहन बैद्य


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोहन बैद्य नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा बैद्यले सुरु सुरुमा क्रान्तिकारी र पछि अवसरवादी भएका कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका हुन् ।

उनले प्रचण्ड र केपी ओलीको पार्टी नवप्रतिक्रियावादी भएको टिप्पणी पनि गरे । जनयुद्धका बेला प्रतिकृयावादीको रक्षा कबज भन्दै एमाले प्रवृतिका विरुद्ध संघर्ष गरेको र पछि गएर अवसर खोज्दै प्रचण्डले त्यही एमालेसँग एकता गरेको उनले बताए ।

पुरानो राज्यसत्ता हटाउनसँगै लडेपछि ओली र प्रचण्डलाई अहिले पुरानो राज्यसत्ताको बन्दुकले बचाइरहेको पनि उनकाे भनाइ छ ।

त्यस्तै उनले पञ्चायतमा अन्य दललाई दमन गर्न चालिएको कदम जस्तै अहिलेको कम्युनिष्टले त्यही गरिरहेको बताए । बैद्यले नवप्रतिक्रियावादीसँग लड्नका लागि विचार मिल्ने कम्युनिष्टहरूबीच एकता गर्नुपर्नेसमेत बताएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ४ : १५ बजे

बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल

काठमाडौं – शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा

उत्तराखण्डको सुरुङमा १७ दिनदेखि फसेका ४१ मजदुरको सकुशल उद्धार

उत्तराखण्ड – विगत १७ दिनदेखि भारतको उत्तरकाशी सुरुङमा फसेका ४१

कानुनमा साना उद्योग प्रवर्द्धनको व्यवस्था गर्न माग

काठमाडौं– लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’

भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प

काठमाडौं– भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्प गएको छ।