चितवनमा नेपाल फर्मा एक्स्पो सुरु, औषधिको बृहत् प्रदर्शनी « Khabarhub

चितवनमा नेपाल फर्मा एक्स्पो सुरु, औषधिको बृहत् प्रदर्शनी


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– औषधि तथा औषधिजन्य सामग्रीहरूको बृहत् प्रदर्शनी नेपाल फर्मा एक्स्पो शुक्रबार चितवनमा सुरु भएको छ।

औषधि उत्पादक संघ (एपोन) को आयोजना भएको एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।

उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठूलो फड्को मारेको भन्दै धेरै किसिमका औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने बताइन् ।

उनले अर्थतन्त्रसँग औषधि उत्पादन क्षेत्र जोडिएको भन्दै यसले राष्ट्रिय अर्थतन्त्रमै ठूलो सहयोग पुर्‍याउने पनि बताइन् ।

नेपाल औषधि उत्पादन संघका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा अहिले एक सयभन्दा बढी औषधि उद्याेग संचालित रहेको जानकारी दिएका छन् ।

उनले नेपाली औषधि उद्योगलाई प्रवर्द्धन गर्नका लागि सरकारको सहयोग आवश्यक पर्ने पनि बताए । कुल क्षमतामा ५० प्रतिशत मात्रै औषधि उत्पादन भएकोसमेत उनले जनाए ।

एपोनका पूर्वअध्यक्ष दिपकप्रसाद दाहालले नेपाल औषधिमा आत्मनिर्भर हुन चाहेको धारणा राखे । उनले औषधिमा आत्मनिर्भरताका लागि धेरै लबिङ गरेको भएपनि सफल हुन नसकेको गुनासो गरे ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले गुणस्तरीय औषधि उत्पादनमा जोड दिनुपर्ने भन्दै औषधि व्यवस्थापन विभागले सहजताका लागि काम गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय क्षेत्रमा ठूलो घाटा ब्यहोरेको बताए ।

कार्यक्रममा सुडानको एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले तीन दिनसम्म चल्ने एक्स्पो १२० वटा बहुराष्ट्रिय कम्पनी र ४५ वटा नेपाली औषधि उद्योगहरूले सहभागिता जनाउने जानकारी दिए ।

एक्स्पोमा करिव ६० हजार अवलोकनकर्ताहरूले भ्रमण गर्ने दाबी गरिएको छ ।

उनले एक्स्पोले नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन अझ प्रविधि मैत्री र दक्षता प्रदान गर्ने बताए ।

बरालले औषधि प्राविधिक र फर्मासिस्टहरूलाई अन्तर्राष्ट्रियस्तरको नविन प्राविधिक ज्ञान दिने विश्वास लिएकोसमेत बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ४९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्