कांग्रेस धनगढीभित्र विद्रोह, वडा सभापतिसहित ९१ जनाबाट राजीनामा | Khabarhub Khabarhub

कांग्रेस धनगढीभित्र विद्रोह, वडा सभापतिसहित ९१ जनाबाट राजीनामा


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– पाँच दलीय गठबन्धनले गरेको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेस धनगढीमा विद्रोह भएको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्बर १८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना कांग्रेस नेता कार्यकर्ताले पदबाट राजीनामा दिएका छन् ।

वडा नम्बर १८ को वडाअध्यक्ष कांग्रेसले पाउनुपर्ने माग गर्दै उनीहरूले जिल्ला पार्टी कार्यालय पुगेर सामूहिक राजीनामा दिएका हुन् । गठबन्धनमा भएको सहमतिअनुसार २०७४ सालको स्थानीय तह निर्वाचनमा जुन वडामा जसले जितेको थियो, अहिले पनि त्यही अनुसार उम्मेदवारी दिने भन्ने थियो ।

बलियो संगठनका कारण १८ नम्बर वडामा कांग्रेसको जीत सुनिश्चित रहेको तर, भागबण्डा गर्दा माओवादी केन्द्रले पाएपछि सामूहिक राजीनामा दिनुपरेको वडा सभापति थापाले बताए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा १८ नम्बर वडाबाट माओवादी केन्द्रले वडाअध्यक्ष जितेको थियो । गठबन्धनबीचको सहमतिअनुसार वडाअध्यक्ष माओवादीकै भागमा परेको थियो । आफ्नो जित्ने आधार भए पनि माओवादीलाई दिएको भन्दै असन्तुष्टि जनाएर उनीहरूले राजीनामा दिएका हुन् ।

वडा कार्यसमितिका सदस्यहरूसहित क्रियाशील सदस्यहरूले समेत राजीनामा दिएका छन् । अब के गर्ने भन्ने विषयमा नगर सभापतिसँग छलफल भइरहेको सभापति थापाले बताए । ‘हामीले भर्खरै राजीनामा पार्टी कार्यालयमा बुझाएका छौँ । अब के गर्ने भनेर छलफल गर्छौ । स्वतन्त्र रूपमा उम्मेदवारी दिन सकिन्छ कि भन्ने विषयमा छलफल हुन सक्छ,’ सभापति थापाले भने ।

२०७४ सालको निर्वाचनमा धनगढी उप–महानगरपालिकामा नेपाली कांग्रेसका नृप ओडले जितेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ३० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग