वर्षाले आशिषसँग कसिन लगनगाँठो « Khabarhub

वर्षाले आशिषसँग कसिन लगनगाँठो


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नायिका वर्षा सिवाकोटी आज वैवाहिक जीवनमा बाँधिएकी छिन् ।

 बिहीबार मात्र विवाह बन्धनमा बाँधिएकी अभिनेत्री केकी अधिकारीको शैलीमै वर्षाले पनि विवाहलाई गोप्य राखेकी छिन् । बुझिए अनुसार वैवाहिक समारोहमा करिब डेढ सय आफन्त र परिवारका सदस्य मात्र उपस्थित छन् । 

वर्षाले अमेरिकामा रहँदै आएका आशिष गेलालसँगल लगनगाँठो कसेकी  हुन् । वर्षाको यो मागी विवाह हो । परिवारले आशिषसँग बिहेको कुरा अगाडि बढाएपछि केही हप्ता अगाडि वर्षा अमेरिका गएकी थिइन् । अमेरिकाबाट फर्किएलगत्तै उनी वैवाहिक जीवनमा बाँधिने निर्णय गरेकी हुन् ।

वर्षाको विवाह एक भिल्लामा भइरहेको छ । वैवाहिक समारोहलाई गोप्य राख्न वर्षाले निक्कै प्रयास गरेकी छिन् । वर्षाका जीवनसाथी आशिष इन्जिनियर हुन् । उनको घर नेपालमा बालुवाटारमा रहेको बताइएको छ ।

परिवारका एक मात्र छोरा आशिषले अमेरिकामा ह्यान्डसम पारिश्रमिकमा काम गरिरहेका छन् । आशिष मोडलद्वय प्रिज्मा र प्रिन्सी खतिवडाका आफन्त समेत हुन् । यसैले, बिहेमा प्रिज्मा र प्रिन्सी समेत उपस्थित छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : ०७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर