थप १८ जनामा कोरोना संक्रमण « Khabarhub

थप १८ जनामा कोरोना संक्रमण


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा १८ जनामा कोभिड–१९को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ६५१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या नौ लाख ७८ हजार ७१४ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट संक्रमितको सङ्ख्या एक लाख ४० हजार १७९ रहेको छ । पछिल्लो समय थप २५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ४८१ पुगेको छ । यो दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख २९ हजार ८३ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या २८२ रहेको छ । अहिले होम आइसोलेशनमा २७९ र संस्थागत आइसोलेशनमा तीन जना रहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : २० बजे

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

एजेन्सी– भारतीय एयरलाइन्सले युद्धका कारण मध्य पूर्वका देशहरूमा रोकिएका हजारौं

कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइयो

मान्म– कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइएको

ईरान–इजराइल युद्धका कारण चिनियाँ रिफाइनरीले सञ्चालन घटायो

यूएई- चीनको ठूलो रिफाइनरी कम्पनी झेजियाङ्ग पेट्रोकेमिकल कर्पले आफ्नो अपरेशन

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौं– बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट

पुल्चोकको दाउरा थकालीमा आगलागी (तस्बिरहरू)

काठमाडौं – ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको