दमक नगरपालिकाको प्रमुखको उम्मेदवार बन्न उपप्रमुख अधिकारीद्वारा राजीनामा « Khabarhub

दमक नगरपालिकाको प्रमुखको उम्मेदवार बन्न उपप्रमुख अधिकारीद्वारा राजीनामा


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– दमक नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बन्न उपप्रमुख गीता अधिकारीले पदबाट राजीनामा दिएकी छन् ।

 ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नगरप्रमुख बन्न शुक्रबार नगरप्रमुख रोमनाथ ओलीसमक्ष राजीनामा दिएकी हुन् । 

निर्वाचन आयोगले फेरि उम्मेदवार बन्न अनिवार्य राजीनामा दिनुपर्ने बाध्यात्मक व्यवस्था ल्याएपछि अधिकारीले पदबाट राजीनामा दिएकी हुन् ।  अधिकारीसहित नगरप्रमुखका लागि दमकबाट नेकपा एमालेले तीनजना आकांक्षीको नाम माथिल्लो कमिटीमा उम्मेदवार छनोटका लागि पठाएको छ ।

अधिकारीसहित अम्बिका खनाल र होमबहादुर थापाको नाम पनि नगरमा भोट नै गरेर माथिल्लो कमिटीमा सिफारिस गरेको हो । चुनाव नजिकिएकाले राजीनामा दिइएको उनले बताइन् । ‘भोलि शनिबार बिदा भयो । आइतबार नोमिनेसनको हो । त्यसकारण आजै राजीनामा दिएँ,’ उनले भनिन् । 

अधिकारी लामो समय प्राध्यापन पेसाबाट २०७४ को स्थानीय तह निर्वाचनताका मात्र सक्रिय राजनीतिमा होमिएकी हुन् । त्यसबेला नेकपा एमालेले अधिकारीलाई उपप्रमुखको उम्मेदवार बनायो । उनी विजयी भइन् । दमक नगरपालिकाको उपप्रमुखको जिम्मेवारी सम्हालेपछि अधिकारी एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य पनि भइन् ।

यसपटक उनीसहित सिफारिस गरिएका तीन नाममध्ये अधिकारी नगरप्रमुखको सशक्त दाबेदार मानिन्छिन् । उपप्रमुख अधिकारीका श्रीमान् मदन अधिकारी एमाले अध्यक्ष केपी ओलीसँग निकट निर्माण व्यवसायी हुन् । यद्यपि मदन अधिकारीको मैनाचुली निर्माण कम्पनीले हुलाकी राजमार्गअन्तर्गत पर्ने बिरिङ नदीको पुल एक दशकदेखि अलपत्र पारेको छ । 

अधिकारीले मात्र हैन झापामा अन्य जनप्रतिनिधिले पनि राजीनामा दिन थालेका छन् । यसअघि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापाले पनि अध्यक्ष पदमा आकांक्षा देखाउँदै राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : ०५ बजे

स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिए आयोगले अर्को थप्न समय दिने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पञ्चतत्त्वकाे पालाम : अक्षरभित्र ब्रह्माण्डको ऐना 

मनप्रसाद सुब्बा भारतीय–नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा– गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत्

१३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १३२ केभी