चीनमा एकै गाउँका १ सय जनालाई कैद गरिएको खुलासा « Khabarhub

चीनमा एकै गाउँका १ सय जनालाई कैद गरिएको खुलासा


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको सिन्जियाङ प्रान्तमा एकै गाउँबाट १ सय जनालाई कैद गरिएको खुलासा भएको छ ।

स्थानीय सुरक्षा गार्डलाई उद्धृत गर्दै रेडियो फ्रि एसियाले जनाएअनुसार सिन्जियाङ प्रान्तको गुल्जा काउन्टीस्थित शेख मेहले गाउँका १ सय जना उइगुर  मुसलमान अल्पसंख्यकलाई कैद गरिएको हो ।

यद्यपि उनीहरुलाई कैद गर्नुको कारण भने नखुलाइएको जनाइएको छ । उक्त गाउँको जनसंख्या केबल ७ सय छ । यसअनुसार त्यस गाउँका १४ प्रतिशत जनसंख्या कैदमा छन् ।

यद्यपि सोही क्षेत्रबाट विदेश पलायन भएका केही उइगुरहरुले भने चिनियाँ कैदमा रहेका गाउँलेको संख्या २ सय सम्म हुनसक्ने बताएका छन् ।

रेडियो फ्रि एसियाका अनुसार एकजना उइगुरले आफ्ना तीन दाजुभाइ चिनियाँ कैदभित्र थुनिएको बताए । उनले बताएअनुसार गाउँका हरेक घरबाट एक देखि ५ जनालाई कैद गरिएको छ ।

सन् २०१७ यता चीनका बन्दी शिविरहरूमा १८ लाख भन्दा धेरै उइगुर तथा अन्य अल्पसंख्यकहरु बन्दी बनाइएको बताइन्छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : २२ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली