चीनमा एकै गाउँका १ सय जनालाई कैद गरिएको खुलासा « Khabarhub

चीनमा एकै गाउँका १ सय जनालाई कैद गरिएको खुलासा


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको सिन्जियाङ प्रान्तमा एकै गाउँबाट १ सय जनालाई कैद गरिएको खुलासा भएको छ ।

स्थानीय सुरक्षा गार्डलाई उद्धृत गर्दै रेडियो फ्रि एसियाले जनाएअनुसार सिन्जियाङ प्रान्तको गुल्जा काउन्टीस्थित शेख मेहले गाउँका १ सय जना उइगुर  मुसलमान अल्पसंख्यकलाई कैद गरिएको हो ।

यद्यपि उनीहरुलाई कैद गर्नुको कारण भने नखुलाइएको जनाइएको छ । उक्त गाउँको जनसंख्या केबल ७ सय छ । यसअनुसार त्यस गाउँका १४ प्रतिशत जनसंख्या कैदमा छन् ।

यद्यपि सोही क्षेत्रबाट विदेश पलायन भएका केही उइगुरहरुले भने चिनियाँ कैदमा रहेका गाउँलेको संख्या २ सय सम्म हुनसक्ने बताएका छन् ।

रेडियो फ्रि एसियाका अनुसार एकजना उइगुरले आफ्ना तीन दाजुभाइ चिनियाँ कैदभित्र थुनिएको बताए । उनले बताएअनुसार गाउँका हरेक घरबाट एक देखि ५ जनालाई कैद गरिएको छ ।

सन् २०१७ यता चीनका बन्दी शिविरहरूमा १८ लाख भन्दा धेरै उइगुर तथा अन्य अल्पसंख्यकहरु बन्दी बनाइएको बताइन्छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : २२ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग