टोस्टमास्टर्स नेपालको पहिलो नेपाली भाषाको क्लब स्थापना « Khabarhub

टोस्टमास्टर्स नेपालको पहिलो नेपाली भाषाको क्लब स्थापना


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली भाषाको पहिलो क्लब स्थापना गर्दै टोस्टमास्टर्स नेपालले एक ऐतिहासिक शुरुवात गरेको छ।

टोस्टमास्टर्स नेपालको ५४ औँ क्लबको रुपमा वैशाख ६ गते मंगलबार नेपालमै पहिलो पटक नेपाली भाषाको सगरमाथा टोस्टमास्टर्स क्लबको स्थापना गरिएको हो ।

डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर श्री रन्जित आचार्यले सगरमाथा टोस्टमास्टर्स क्लबका संस्थापक सदस्यहरु तथा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण गराएका थिए। यस्तै सगरमाथा टोस्टमास्टर्स क्लबका नवनिर्वाचित क्लब अध्यक्ष अनिल केशरी शाहले यस क्लबमार्फत नेपालैभरि यस्तै नेपाली भाषी टोस्ट्मास्टर्स क्लबहरु खोल्न सकिने उदाहरण सिर्जना गर्नुपर्ने विषयमा जोड दिएका थिए।

क्लबको भाईस प्रेजिडेन्टमा मनिष झा, सरोज बानिँया र नग्मा श्रेष्ठलाई नियुक्त गरिएको छ भने सचिवमा समिर उपाध्यायलाई नियुक्त गरिएको छ। त्यस्तै कोषाध्यक्षमा सुभाष सापकोटा र सर्जेन्ट एट आर्म्समा सरिता श्री ज्ञवालीसहित २४ संस्थापक सदस्यलाई कार्यसमिति सदस्यमा नियुक्त गरिएको छ।

डिस्ट्रिक्टका नेपाल लिडरहरुले टोस्टमास्टर कार्यक्रमका सम्पूर्ण पक्ष र फाइदाहरूको बारेमा प्रकाश पार्दै नयाँ सदस्यहरूको लागि ओरिएन्टेसन सेसन सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा एरिया ल्द्द का एरिया डिरेक्टर रबिन्द्र प्रधान, डिभिजन ब् का डिभिजन डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर सौरभ लोहनी, डिस्ट्रिक्ट पब्लिक रिलेसन म्यानेजर डिस्टिङगुइष्ड टोस्टमास्टर मुन प्रधान र डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर सुमन शाक्यको उपस्थिति रहेको थियो।

क्लबले सबै क्षेत्रका मानिसहरूलाई संवेदनशील तरिकाले सुन्न, रचनात्मक सोच्न र प्रभावकारी रूपमा बोल्न सिकाउँछ। साथै यसले सहयोगी र सकारात्मक वातावरणमा नेपाली भाषाको अभ्यास र अनुभवबाट सिक्ने अवसर पनि प्रदान गर्छ जसले गर्दा सहभागि सदस्यहरुको सञ्चार र नेतृत्व क्षमता पनि विकास भई उनीहरुको आत्मविश्वास पनि बलियो हुने जनाएको छ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : ०६ बजे

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ– पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ ।

गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन् 

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन