महोत्तरीमा राजीनामा दिने वहालवाला जनप्रतिनिधिहरु थपिए  « Khabarhub

महोत्तरीमा राजीनामा दिने वहालवाला जनप्रतिनिधिहरु थपिए 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– वहालवाला जनप्रतिनिधिले स्थानीय तहमा उम्मेदवार बन्न चाहेमा अनिवार्य राजीनामा दिनुपर्ने प्रावधानअनुसार महोत्तरीमा धमाधम राजीनामा आउन थालेको छ ।

शुक्रवार मात्र जिल्लाका झण्डै ५० जनाभन्दा बढीले राजीनामा दिएका छन् । १५ वटै पालिकामा अघिल्लो निर्वाचनमा निर्वाचित वडा सदस्य देखि पालिका प्रमुखसम्मले राजफनामा दिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले जानकारी दिए ।

उम्मेदवार मनोनयन दर्ता गर्न जाँदा राजीनामा दिएको निस्सा अनिवार्य गरेको हुनाले जनप्रतिनिधिका अकाङक्षी वहालवाला जनप्रतिनिधिहरुले राजीनामा दिइरहेका हुन् । 

बर्दिबासस्थित वडा न.३ मा आजै वडा सदस्यदेखि वडा अध्यक्षसम्मले राजीनामा दिएका छन् । हालका वहालवाला वडा सदस्य गणेश बस्नेतलाई पाटीले वडा अध्यक्षमा सिफारिस गरेको छ भने वडा अध्यक्ष राजन ढुङगना नगरप्रमुखका दाबेदार हुन् ।

त्यसैगरी वडा न.७ का वडा अध्यक्ष फाल्गुन सुस्लिङ्ग मगरले पनि आजै राजीनामा दिएका छन् । उनी  नेकपा एमालेवाट नगरप्रमुखको दाबेदार हुन् ।  त्यसैगरी वडा न.२, वडा न.१३ वाट पनि राजीनामा आएको प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : ४८ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले