वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔँ : मन्त्री पौडेल « Khabarhub

वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔँ : मन्त्री पौडेल


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायूप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार विद्युतीय सवारी साधनसम्बन्धी अन्तरक्रियामा मन्त्री पौडेलले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताएका हुन् ।

प्रट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र अकासिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै विद्युतीय सवारीको प्रयोगलाई बढवा दिनुपर्ने उनको भनाइ छ ।

‘यातायात क्षेत्रमा प्रयोग हुने खनिज इन्धनबाट हुने मुद्रा बर्हिगमन, वैदेशिक निर्भरता, वातावरण प्रदूषण विश्वमा भएको जलवायु परिर्वतनको सन्दर्भमा विश्व उष्णीकरण, हरित ग्याँसहरू तथा हानिकारक कणजन्य तत्वको उत्र्सजन गर्ने विषयहरू जस्ता कार्यमा यातायात क्षेत्रबाट वातावरणमा उत्पन्न हुने नकारात्मक असरलाई न्यूनीकरण गर्दै हरित विकाश गर्नुपर्ने अवश्यकता छ’ मन्त्रीले भने ।

मन्त्री पौडेलले अनसन्धानलाई प्रोत्साहन गर्ने गरी मन्त्रालय अघि बढेको बताउँदै अप्ठ्यारो परेका बेला गाँठो फुकाउने आश्वासन पनि दिए । उनले देशमा वायुप्रदूषण बढिरहेको भन्दै प्रदूषण नियन्त्रण गर्ने गरी काम गर्न अनुसन्धानकर्तालाईं आग्रह गरे ।

 

 

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : १९ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या