आंकाक्षी बढी भएपछि गोलाप्रथाबाट उम्मेदवार छनौट « Khabarhub

आंकाक्षी बढी भएपछि गोलाप्रथाबाट उम्मेदवार छनौट


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– आगामी स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष पदका लागि गोलाप्रथा गरेर उम्मेदवार छनोट गरेको छ ।

माओवादीबाट चंखेली गाउँपालिकाको अध्यक्षका लागि आठ जना आकांक्षीको नाम गाउँपालिका समितिबाट सिफारिस गरिएपछि गोला प्रथा गरिएको नेकपा माओवादी जिल्ला समन्नय समिति संयोजक डा.दिपेन्द्र रोकायाले बताए ।

माओवादी केन्द्रले चंखिली गाउँपालिका अध्यक्ष छनोटका लागि गरिएको गोलाप्रथामा दुई जनालाई सहभागी गराउँदा गोविन्दबहादुर शाही (प्रज्वलन) छानिएका छन् । गोलाप्रथामा सहभागी अर्का आकांक्षी सुरवीर ऐडी (पीडित) थिए ।

अध्यक्षका आकांक्षी गोविन्दबहादुर शाही, कालीबहादुर बुढा, कुलप्रसाद चौलागाईं, अजवीर बुढा, वर्षबहादुर शाही, शेरबहादुर पाल, धुर्बबहादुर शाही, सुरवीर ऐडी रहेका थिए। गोलाप्रथाबाट टिकट वितरण गरेपछि आकांक्षीमा असन्तुष्टि बढेको छ ।

हुम्लाको ताजाँकोट, अदानचुली, सर्केगार्ड, खापुनार्थ, सिमकोट, नाम्खा गाउँपालिका भने विवादित देखिएको छ । अर्का अध्यक्षका आकांक्षी ध्रुवबहादुर शाहीले विचार सकिएपछि आध्यात्मिक चिन्तन बोकेर गोलाप्रथाबाट टिकट वितरण गरेको गुनासो गरेका छन् ।

त्यसक्रमा शाही र माओवादीको पूर्वजिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सदस्य लालकेश जैशीबीच हात हालाहालको अवस्थासमेत आएको थियो ।

गोलाप्रर्था गर्ने कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य विजय भण्डारी र छक्कबहादुर लामालगायतको सहभागिता रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : २९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया