इच्छाराजलाई धरौटीमा छाड्न २ करोडको डिल भएको अडिओ सार्वजनिक भएपछि न्याय परिषद् बैठक बस्दै « Khabarhub

इच्छाराजलाई धरौटीमा छाड्न २ करोडको डिल भएको अडिओ सार्वजनिक भएपछि न्याय परिषद् बैठक बस्दै


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न न्यायाधीश र अधिवक्ताबीच दुई करोडको डिल भएको खुलासा भएको छ ।

जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्र पोखरेलबीच कुराकानी भएको अडिओ सार्वजनिक भएसँगै रहस्य खुलेको हो।

सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई छुटाउन अदालतका न्यायाधीशले नै यसरी डिल गरेको घटना बाहिरिएपछि कायममुकायम प्रधानन्यायायाधीश दीपककुमार कार्कीले चासो देखाएका छन् । उनले यसबारे छलफल गर्न आज दिउँसो १ बजे न्याय परिषद्को बैठकसमेत बोलाएका छन्।

न्युज २४ को टेलिभिजनको एक कार्यक्रममा उनीहरुबीच भएको टेलिफोन संवाद मंगलबार साँझ प्रसारण भएको थियो।

तामाङलाई काठमाडौँ जिल्ला अदालतले गत १४ पुसमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ११ : ३१ बजे

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने