लमजुङमा अघोषित लोडसेडिङको मारमा उपभोक्ता « Khabarhub

लमजुङमा अघोषित लोडसेडिङको मारमा उपभोक्ता


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- छिनछिनमा विद्युतकाे लाइन काटिने समस्याले लमजुङका उपभोक्ताहरू मारमा परेका छन् । दुई महिनायता बिना सूचना हुने विद्युत् कटौतीले उपभोक्ताको दैनिकी प्रभावित भएको हो ।

ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि वितरण प्रणालीमा समस्या आउँदा अघोषित लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।

केही दिनअघि बेंशीसहरको ट्रान्सफर पड्किएपछि ट्रिपिङ समस्याले विद्युत् आपूर्ति अनियमित भएको छ । विद्युत् सेवा प्रभावित हुँदा दैनिक सञ्चालन हुने साना उद्योग तथा कलकारखानाको काम प्रभावित भएको उपभोक्ताको गुनासो छ ।

उद्योगको उत्पादनमा पनि कमी आएको छ । विद्युत् कटौतीको सबैभन्दा बढी मार जिल्लामा सञ्चालित इँटा क्रसर, काष्ठ, दालमोठ र पाउरोटी उद्योग एवं अन्य साना तथा मझौला उद्योग मर्कामा परेका छन् । बैंक तथा वित्तीय संस्थाले दिने सेवा पनि प्रभावित भएको छ । ट्रिपिङ समस्याले नियमित रूपमा काम गर्न नसकिएको लमजुङ उद्योग वाणिज्य सघंका कोषाध्यक्ष शिव सिलवाल  बताउँछन् ।

यसअघि सामुदायिक उपभोक्ता संघले विद्युत् सेवा दिँदै आएकोमा हाल नेपाल विद्युत् प्राधिकरणले सेवा प्रदान गर्दै आएको छ । विद्युत् संरचना जीर्ण बन्दै गएकाले जिल्लाको वितरण प्रणालीमा पनि समस्या प्रभावित हुँदै आएको छ ।

लमजुङमा ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी र ४.४ मेगावाटको राधी खोला जलविद्युत केन्द्र सञ्चालित छन् । जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रणालीमा जोडिए पनि स्थानीय उपभोक्तालाई  तनहुँको लाइनबाट विद्युत् सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १२ : २७ बजे

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता

पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन

नीति तथा कानुन निर्माणमा सहजीकरण गर्न सदैव तयार छु : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा ऐन कानुन निर्माण