नेता सत्तामा लिप्त हुँदा महंगीले जनताको ढाड भाँचियो : बाबुराम भट्टराई « Khabarhub

नेता सत्तामा लिप्त हुँदा महंगीले जनताको ढाड भाँचियो : बाबुराम भट्टराई


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेता सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मूल्यवृद्धि हुँदा पनि गठबन्धन सरकारले पहल नगरेको भन्दै आपत्ति जनाएका हुन्। ‘हाम्रा दल/नेता सत्ता/गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा/क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ।’ उनले भनेका छन् ।

भट्टराईले अर्थतन्त्र र मूल्यवृद्धिको विषयमा सरकार अनिच्छुक र कमजोर रहको टिप्पणीसमेत गरेका छन्। ‘विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महंगी बढ्छ ! यो अचाक्ली महंगीले जनताको ढाड भाँचिदैछ। खै सरकारी पहल ?’ पूर्वप्रधानमन्त्री भट्टराईले ट्विटरमा लेखेका छन्।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १२ : २९ बजे

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित

सभामुख अर्याल र अध्यक्ष दाहालबीच पहिलो औपचारिक भेटवार्ता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता