रवि लामिछानेको पार्टीको नाम विरुद्ध निर्वाचन आयोगमा उजुरी « Khabarhub

रवि लामिछानेको पार्टीको नाम विरुद्ध निर्वाचन आयोगमा उजुरी


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।

अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह/संस्थालाई गम्भीर आघात पुगेको उल्लेख छ ।

लामिछानेको पार्टीको नामबाट स्वतन्त्र शब्द हटाउन आग्रह गर्दै दिएको उजुरीमा उल्लेख छ, ‘परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रूपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु ।’

लामिछानेको पार्टीलाई स्वतन्त्र उम्मेदवार अभियान, अभियन्ता र देशभरिमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरूको समर्थन–सहकार्य नरहेकोसमेत उजुरीमा उल्लेख छ ।

उजुरीको पूर्णपाठ

मा दिनेश कुमार थपलियाज्यु प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोग नेपाल कान्तिपथ,
काठमाडौँ ।

विषय : उजुरी दिइएको बारे

उपरोक्त विषयमा हिजो मिति २०७२ असार ७ गते विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचार र निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार पूर्व पत्रकार रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी दर्ताको लागि निवेदन दिएको भन्ने कुरामा ‘स्वतन्त्र उम्मेदवारी अभियान’को गम्भीर ध्यानाकर्षण हुनुका साथै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह÷संस्थालाई गम्भीर आघात पुगेको छ ।

संविधानमा कुनै पनि व्यक्ति, समूह र संस्थाहरू कुनै राजनैतिक पार्टीमा आबद्ध नरहेर स्वतन्त्र रहुन् र निर्वाचनमा स्वतन्त्रकै रूपमा आफ्नो उम्मेदवारी दिन पाउने सार्वभौम अधिकारको व्यवस्था छ । कनै पनि व्यक्तिले राजनैतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रूपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउने गरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्योल उत्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचनको दौरान राजनैतिक पार्टी प्रतिको वितृष्णा तथा निर्वाचनको मत परिणाम र स्वतन्त्रप्रतिको बढ्दो आकर्षणलाई आफ्नो मुठ्ठीमा कब्जा गर्ने दूषित मनसाय र कथित अवसरबादीलाई आम मतदाता, नागरिक समाज, मिडिया एवं सरोकारवालाहरूले चिन्नु अति आवश्यक छ । परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रूपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु । साथै, स्वतन्त्र उम्मेदवार अभियान, अभियन्ता र देशभरिमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरूको हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा समर्थन–सहकार्य नरहेकोसमेत जानकारी गराउँदछु।

इम्बर शाहु
संयोजक

स्वतन्त्र उम्मेदवारी अभियान

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १ : ०१ बजे

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ – हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको