संवैधानिक नियुक्तिको सक्कल प्रति झिकाउन आदेश  « Khabarhub

संवैधानिक नियुक्तिको सक्कल प्रति झिकाउन आदेश 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अध्यादेशमार्फत तत्कालीन केपी शर्मा ओलीको पालामा संवैधानिक निकायमा ५२ पदाधिकारीहरूको नियुक्तिसम्बन्धी मुद्दामा सक्कल प्रति झिकाउने आदेश भएको छ।

संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिसम्बन्धी कागजातको सक्कल प्रति नआएपछि इजलासले राष्ट्रपति कार्यालयलाई नियुक्तिसम्बन्धी मुद्दामा सक्कल प्रति झिकाउन आदेश दिएको छ।

रिटको सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हा रहेको संवैधानिक इजलासले राष्ट्रपति कार्यालयबाट सक्कल प्रति झिकाउन आदेश दिएको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मंसिर ३० मा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि संवैधानिक परिषद्को बैठक राखेर ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

प्रतिनिधि सभा विघटन भएको बेला संसदीय सुनुवाइ नै नभई नियुक्त भएको भन्दै खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन गर्दा गरिएको थियो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १ : ३७ बजे

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने

सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता

डा. डिला संग्रौला भन्छिन्– ‘कांग्रेस सय प्रतिशत फुट्दैन’

काठमाडौं – नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले पार्टी पूर्ण

‘मिरमिरे’ आम नेपालीको कथा भएकाले कार्यकारी निर्माता बनेँ : रोहित कट्टेल

काठमाडौं – कम्पनी ‘आरआर फिल्मस्’बाट सक्रियरुपमा फिल्म वितरण गर्दै आएका