न्यायाधीश अधिवक्ता घुस डिल प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन « Khabarhub

न्यायाधीश अधिवक्ता घुस डिल प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुन मन्त्री गोविन्द बन्दीले जानकारी दिए ।

बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

मंगलबार न्युज २४ टिभीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबिच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रसारण गरेको थियो।

न्यायाधीश र कानुन व्यवसायीबिचकै अडियो सार्वजनिक भएपछि न्याय परिषद्को आकस्मिक बैठक बसेको हो । घुस डिल प्रकरणमा मुछिएका न्यायाधीश कोइरालाले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै निष्पक्ष छानबिनका लागि न्याय परिषद्लाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : ३२ बजे

‘बखान’ उपन्यास पुरस्कृत

चितवन– यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ